‘शशांकको समर्थन शेखरको प्यानललाई नै हो’

‘शशांकको समर्थन शेखरको प्यानललाई नै हो’

२७ मंसिर, काठमाडौं ।
कांग्रेस नेता शशांक कोइरालाले १४औँ महाधिवेशन अन्तर्गत भइरहेको निर्वाचनमा आफू शेखर कोइरालाको प्यानलमै रहेको प्रष्ट पारेका छन् ।

पार्टीको संस्थापन समूहले आफ्नो प्यानलको प्रचार सामग्रीमा शशांक कोइरालाको पनि नाम राखेको छ । तर शशांकको सचिवालयले भने त्यसलाई गलत प्रचार भनेको छ ।

‘दुवै समूहले नाम राखेका छन् । तर उहाँ (शशांक कोइराला)को समर्थन शेखर कोइरालाको प्यानललाई नै हो’, शशांकका स्वकीय सचिव भरत तिवारीले भनेका छन् ।

शशांकले शेखरलाई समर्थन रहेको बताए पनि उनी शेखरको मनोनयन दर्ता र उम्मेदवारी घोषणा सभामा सहभागी भएका थिएनन् । यो बीचमा शेरबहादुर देउवासँग शशांकको भेट भएको देउवा निकट नेताहरूले दाबी गरिरहेका छन् ।

संस्थापनइतर समूहबाट सभापतिका आकांक्षी रहेका कोइरालाले सहमति नजुटेपछि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । १३औँ महाधिवेशनमा उनी महामन्त्री निर्वाचित भएका थिए ।

उनले केही समयअघि संस्थापनइतरबाट सभापतिको साझा उम्मेदवार नभए कांग्रेसको नेतृत्व फेरि पनि शेरबहादुर देउवालाई बुझाइदिए हुने बताएका थिए । संस्थापनइतर समूहबाट शेखरसहित प्रकाशमान सिंह सभापतिका उम्मेदवार छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.