२७ मंसिर, विराटनगर ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर विश्व पौडेलले शेयर बजारलाई साम्राज्यवादको साधन भन्नु गलत भएको बताएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई जवाफ दिँदै उनले शेयर बजार सम्पत्ति सुरक्षित राख्ने वैकल्पिक माध्यम भएको बताए । प्रचण्डले धितोपत्र र शेयर बजारप्रति आक्रोश पोख्दै यो ‘साम्राज्यवादकै विस्तारित रुप’ हो भनेका थिए ।
यसै सन्दर्भमा योजना आयोगका उपाध्यक्ष पौडेलले सामाजिक सञ्जालमार्फत शेयर बजारबारे आफ्नो धारणा राखेका हुन् । उनले विभिन्न कारणले शेयर बजार आफ्नो सम्पत्ति सुरक्षित राख्ने एक वैकल्पिक माध्यम भएकाले यसलाई जुवा वा कुनै साम्राज्यवादको साधन भन्नु गलत हुने उनको भनाइ छ ।