माओवादी केन्द्रको उपत्यका विशेष प्रदेशको अध्यक्षमा सिंखडा र सचिवमा बस्नेत

माओवादी केन्द्रको उपत्यका विशेष प्रदेशको अध्यक्षमा सिंखडा र सचिवमा बस्नेत

२७ मंसिर, विराटनगर ।
नेकपा (माओवादी केन्द्र) को उपत्यका विशेष प्रदेशको पहिलो सम्मेलनबाट अध्यक्षमा जगत सिंखडा र सचिवमा सुरेन्द्र बस्नेत चुनिएका छन् ।

सम्मेलनले उपाध्यक्षमा कृष्णराज केसी, संगीता खड्का र प्रकाश पाण्डे, सहसचिवमा गोगन मल्ल र विष्णु थापा तथा कोषाध्यक्षमा शंकर अधिकारीलाई चयन गरेको हो ।

शनिबार काठमाडौंमा उदघाटन भई आइतबार रातिसम्म चलेको बन्दसत्रले सिंखडाको नेतृत्वमा सर्वसम्मत रुपमा १४१ सदस्यीय प्रदेश समिति घोषणा गरेको निर्वाचन समितिका प्रमुख डा.जगतकृष्ण पोखरेलले जानकारी दिए । सम्मेलनमा आयोजक सहित कुल ६४० जना प्रतिनिधि सहभागी थिए ।

दुई दिन चलेको सम्मेलनको बन्दसत्रले आयोजक समितिका अध्यक्ष लेखनाथ न्यौपानेले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदन परिमार्जन सहित पारित गरेको थियो । माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आउँदो पुस ११–१३ मा काठमाडौंमा हुँदैछ । सोहीअन्तर्गत प्रदेश सम्मेलन आयोजना भएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.