माओवादी केन्द्रको लुम्बिनी प्रदेश कमिटी चयन, पदाधिकारी चयन हुन बाँकी

माओवादी केन्द्रको लुम्बिनी प्रदेश कमिटी चयन, पदाधिकारी चयन हुन बाँकी

२७ मंसिर, दाङ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) लुम्बिनी प्रदेशको प्रथम सम्मेलनले २ सय २७ सदस्यीय नयाँ प्रदेश कमिटी चयन गरेको छ । प्रदेश राजधानी भालुवाङमा शनिवार र आइतवार भएको प्रदेश सम्मेलनबाट २२७ सदस्यीय समिति निर्विरोध भएको हो ।

प्रदेश कमिटी चयन गरेपनि सम्मेलनबाट पदाधिकारी भने चयन भएको छैन । माओवादी केन्द्रका केन्द्रीय सदस्य जीवन गौतमले प्रदेश समितिको आजको बैठकले नै पदाधिकारी टुंगो लगाउने बताए ।

‘पदाधिकारी टुंगो लगाउन आज बैठक बस्दैछ’ उनले भने, ‘सम्भवतः निर्विरोध पदाधिकारी टुंग्याउने प्रयास भइरहेको छ ।’ कुल २५३ प्रदेश समितिमा बाँकी रहेका सदस्यहरू प्रदेश कमिटीले मनोनयन गर्ने उनले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.