अमेरीकामा वल्र्ड फिल्म फेष्टिभल हुँदै, नेपाली फिल्म पनि सहभागी हुन पाउने

अमेरीकामा वल्र्ड फिल्म फेष्टिभल हुँदै, नेपाली फिल्म पनि सहभागी हुन पाउने

साउन २७ : अक्टोबर २५ देखि २७ सम्म अमेरीकाको लस एन्जलमा वल्र्ड फिल्म फेष्टिभल हुने भएको छ । फिल्म फेष्टिभलमा फिचर फिल्म , सर्ट फिल्म , डकुमेन्ट्रि बुझाउन सकिने छ । जुनसुकै देशका राम्रा फिल्म फेष्टिभलमा सहभागि हुन सक्ने आयोजक फासि कुराम ले जानकारी दिए ।
उक्त फेष्टिभलमा नेपाली फिल्म तथा फिल्ममेकरले पनि सहभागीता जनाउन सक्ने भएका छन् ।फिल्म फेष्टिभलमा सहभागितको लागी अक्टाबर १५ सम्म सम्बन्धित व्यक्तिहरुलाइ फिल्म बुझाइसक्नु पर्ने छ । छनौट भएका फिल्म , सर्ट फिल्म तथा डकुमेन्ट्रि लाइ अक्टोबर २५ मा अमेरीकाको लसएन्जलमा प्रर्दशन गरिने छ ।

फेष्टिभलमा राम्रा नेपाली फिल्मलाइ प्राथमिकता दिइने अमेरिका स्थित नेपाली फिल्म संयोजक निर्माता सुनिल रावलले जानकारी दिए ।
उक्त फिल्म फेष्टिभलमा नेपाली फिल्म संयोजक तथा छनौट हार्दिक मिडिया प्राली का अध्यक्ष तथा कान्तिपुर फिल्म एकेडेमिका निर्देशक दयाराम घिमिरेले गर्ने भएका छन् भने नेपाल को कला तथा सस्कृति झल्काउने कल्चरल प्रस्तुतीको संयोजक निर्माता एव बितरक गोबिन्द शाहिले गर्ने भएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.