संसद्को हिउँदे अधिवेशन आजदेखि, एमसीसी पनि अघि बढ्ने आँकलन

संसद्को हिउँदे अधिवेशन आजदेखि, एमसीसी पनि अघि बढ्ने आँकलन

२८ मंसिर, विराटनगर ।
संसद्को हिउँदे अधिवेशन आजदेखि हुँदैछ ।

दिउँसो २ बजे बस्ने बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रसायनिक पदार्थ (नियमन) अध्यादेश र सामाजिक सुरक्षा पहिलो संशोधन अध्यादेश पेस गर्ने कार्यसूची छ ।

त्यस्तै भौतिक पूर्वाधार तथा संसदीय मामिला मन्त्री रेनुकुमारी यादवले रेल्वे अध्यादेश र कानुनमन्त्री दिलेन्द्रप्रसाद बडुले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश र फौजदारी कार्यविधि सम्बन्धी अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

आजदेखि सुरु हुने संसद् अधिवेशनमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँग भएको सम्झौतामाथि छलफललाई अघि बढाउने अनुमान पनि गरिएको छ । तर, संसद् सचिवालयले सार्वजनिक गरेको बैठकको कार्यसूचीमा भने एमसीसीलाई राखिएको छैन ।

यस्तै, संसद् सचिवालयले बैठक बस्नु अघि १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.