एमसीसीविरुद्ध ८ दलको प्रदर्शनमा प्रहरी हस्तक्षेप

एमसीसीविरुद्ध ८ दलको प्रदर्शनमा प्रहरी हस्तक्षेप

२८ मंसिर, काठमाडौं ।
नेकपा (मसाल) र नेकपा (क्रान्तिकारी) माओवादीलगायत ८ राजनीतिक दलले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेजीको माग गर्दै मंगलबार गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ।

मंगलबार संसद बैठक बस्ने दिन पारेर ८ दलले संसद भवन घेराउको कार्यक्रम राखेका थिए। संसद भवनतर्फ अगाडि बढ्न खोज्दा मिन भवन अगाडि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको नेकपा (मसाल) बागमतीका प्रवक्ता समिर सिंहले जानकारी दिए।

झडपमा परी राष्ट्रिय जनमोर्चाका कार्यकर्ता अमर पौडेल र इन्द्र छन्त्याललगायत घाइते भएका छन्। यसअघि २७ गते नेकपा मसाल सहित ८ राजनीतिक दलले एमसीए नेपालको कार्यालय घेराउ गरेका थिए।

संसदमा एमसीसी टेबुल गर्ने उद्देश्यका साथ सरकारले मंगलबारदेखि संसद बैठक आह्वान गरेपछि एमसीसीविरुद्धको आन्दोलन पनि चर्केको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.