देउवालाई बधाई दिँदै गगन थापाले भनेः सहकार्य हुने नै छ

देउवालाई बधाई दिँदै गगन थापाले भनेः सहकार्य हुने नै छ

२९ मंसिर, विराटनगर ।
दोस्रो कार्यकालका लागि पनि पार्टी सभापतिमा निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली कांग्रेसका नेता गगन थापाले बधाई दिएका छन्।

काठमाडौंमा भएको १४औं महाधिवेशनअन्तर्गत दोस्रो निर्वाचनबाट विजयी घोषणा भएपछि देउवालाई थापाले बुधबार बिहान सामाजिक सञ्जालमार्फत बधाई ज्ञापन गरेका हुन्। महामन्त्री पदका उम्मेदवारसमेत रहेका थापाले यस क्रममा देउवाले पार्टी थिति र विधिमा चलाउने अपेक्षा पनि गरेका छन्।

‘आदरणीय शेरबहादुरज्यू, पुनः सभापतिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई, आम कांग्रेसजनको एकताको अपेक्षालाई आत्मसात् गर्दै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको सुरुआत गर्नु हुनेछ भन्ने अपेक्षा गर्छु’, थापाले लेखेका छन्, ‘समुन्नत नेपालको अभियान र पार्टी रूपान्तरणका मुद्दामा सहकार्य हुने नै छ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.