प्रदेश २ सभाको आठौं अधिवेशनको पहिलो बैठक आज बस्दै

प्रदेश २ सभाको आठौं अधिवेशनको पहिलो बैठक आज बस्दै

२९ मंसिर, विराटनगर । प्रदेश २ को प्रदेश सभाको आठौं अधिवेशनको पहिलो बैठक आज बस्दै छ । अधिवेशनमा मन्त्रिपरिषद बिस्तारबारे जानकारी, दलहरुको शुभकामना, प्रदेशको नाम र राजधानी तथा प्रदेश सरकारले ल्याएका कृषि विश्वविद्यालय र प्राविधिक शिक्षा सम्बन्धी अध्यादेश पेस हुने सम्भावना छ ।

बैठकमा प्रदेशसभाको नाम पनि प्रस्ताव गर्ने तयारी छ । पहिलो दिनको बैठकमा प्रदेश प्रमुख कार्यालयबाट प्राप्त पत्रबारे सभालाई जानकारी गराइने प्रदेससभा सांसद सचिवालयका सचिव रञ्जित यादवले बताए ।

प्रदेश २ मा गठबन्धनको सरकारले पूर्णता पाएपछि पहिलोपटक आह्वान भएको अधिवेशनमा प्रदेशसभाबाट पारित विधेयकमा रहेका त्रुटीहरू संशोधन र प्रदेशको नाम तथा राजधानी टुंगो लगाउने प्रदेश सरकारले तयारी गरेको छ । प्रदेश २ को नामाकरण र राजधानीको अहिलेसम्म टुंगो लाग्न सकेको छैन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.