बर्दिया–बाँके कम्प्लेक्समा आजदेखि बाघ गणना सुरु

बर्दिया–बाँके कम्प्लेक्समा आजदेखि बाघ गणना सुरु

२९ मंसिर, बाँके । बर्दिया राष्ट्रिय निकुञ्ज र बाँके राष्ट्रिय निकुञ्जको बर्दिया–बाँके कम्प्लेक्समा आजदेखि क्यामेरा ट्र्यापिङ्ग प्रविधिबाट बाघ गणना सुरु हुने भएको छ ।

बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बाघ गणनामा खटिनेका लागि दुई दिनको विशेष तालिम दिइसकिएको जानकारी दिए ।

राष्ट्रिय बाघ सर्वेक्षण अभियान अन्तर्गत देशैभरिका निकुञ्ज तथा आसपासका क्षेत्रमा रहेका बाघको यकिन संख्या पत्ता लगाउने उद्देश्यले बाघ गणना सुरु भएको छ ।

गएको १९ गतेदेखि चितवन–पर्सा कम्प्लेक्समा बाघ गणना सुरु भइसकेको र त्यहाँ सकिए लगत्तै शुक्लाफाँटा कम्प्लेक्समा बाघ गणना सुरु गरिने निकुञ्जले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.