NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता मङ्लबार असार १७ , २०८२
विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ? मङ्लबार असार १७ , २०८२
युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना  मङ्लबार असार १७ , २०८२
Next
Prev

समाचार

सन् २०२१ मा विश्वले गुगलमा सबैभन्दा धेरै के खोज्यो ?

बिहिबार पुस १ , २०७८
Reading Time: 1 min read
A A
Advertisement
सन् २०२१ मा विश्वले गुगलमा सबैभन्दा धेरै के खोज्यो ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१ पुस, बीबीसी ।
गुगलले आफ्नो साइटमा सन् २०२१ मा गरिएको खोजीबाट देखिएका महत्त्वपूर्ण प्रवृत्ति र विषयवस्तुसम्बन्धी वार्षिक सूची सार्वजनिक गरेको छ।

सो सूचीले यो वर्षको उतारचढावबारे एउटा झलक दिन्छ र पुराना कुराहरूलाई स्मरण गराउँछ। संसारको सबैभन्दा लोकप्रिय सर्च इन्जिनको रूपमा रहेको यो विशाल प्रविधि कम्पनीले वर्षभरि सबैभन्दा धेरै खोजी गरिएका प्रश्न र शीर्षकहरूबारे हरेक वर्षको अन्त्यतिर विवरण सार्वजनिक गर्दै आएको छ।

एउटा कठिन वर्ष

Advertisement

विश्वभरि कोभिड महामारीले आक्रान्त बनाइरहँदा एउटा लोकप्रिय सर्च पदावली डूमस्क्रोलिङसँगै हामी सन् २०२१ मा प्रवेश गर्‍यौँ जसले त्यो समयको मर्मलाई प्रतिबिम्बित गर्छ। झन् खराब समाचार आउन सक्ने अनुमानसहित लगातार मोबाइलको स्क्रीन स्क्रोल गर्ने कार्यलाई सो शब्दले दर्साउँछ।

गुगलका अनुसार विश्वभरि डूमस्क्रोलिङ भन्ने शब्दलाई हालसम्मकै सबैभन्दा धेरै सर्च गरिएको छ जसको उत्कर्ष गत ज्यानुअरीमा देखियो। विश्वभरि नै धेरै मानिसका लागि अनिश्चितता र तनावको समय रह्यो। सीमानाकाहरू बन्द भए, हवाई सेवा रोकियो र लकडाउनहरू भए।

मानिसहरू अनलाइनमा कोभिड–१९ सम्बन्धी ताजा विवरणहरू हेर्न थाले र धेरै मानिसले डूमस्क्रोलिङको अर्थ सर्च गरे।

मानसिक स्वास्थ्य

सन् २०२१ मा मेन्टल हेल्थ अर्थात्‌ मानसिक स्वास्थ्य विश्वभरि नै हालसम्मकै धेरै सर्च गरियो। आइसोलेशनमा बस्दा एक्लोपन र आफन्तहरू गुमाएको पीडा भोगेसँगै त्यो शब्दको सर्च धेरै भयो। विश्वले हाउ टु मेन्टेन मेन्टल हेल्थ अर्थात् मानसिक स्वास्थ्य कसरी राम्रो राख्ने र हाउ टु हील अथवा मानसिक समस्याको समाधान कसरी गर्ने भन्नेबारे हालसम्मकै धेरै सर्च गर्‍यो।

जलवायु परिवर्तन

हामीले हाम्रो स्वास्थ्यको बारेमा मात्रै चिन्ता गरेनौँ बरु हाम्रो ग्रहको स्वास्थ्य पनि हाम्रो मतिष्कमा रह्यो।

जलवायु परिवर्तनको भयावह असरका रूपमा विश्वले सन् २०२१ मा आइडा नामक समुद्री तुफानदेखि खडेरी र भीषण डढेलोसम्मको सामना गर्‍यो। गुगल तथ्याङ्कका अनुसार हामीले यसअघि कहिले खोजी नगरेको स्तरमा हरियालीसहित र अझ राम्रोसँग बस्ने तरिकाहरूबारे सोधखोज गर्‍यौँ।

पैसाले अर्थ राख्छ

खासगरी कोभिड महामारीले निम्त्याएको आर्थिक अनिश्चितताबीच मानिसहरू जागिर र अर्थसम्बन्धी सुरक्षालाई लिएर चिन्तित रहिआएका छन्।

गएको वर्ष आफैँ मालिक हुने कुरामा रुचि बढेको देखियो। सन् २०२० मा विश्वले नयाँ उद्यमबारे धेरै सोधखोज गरेको पाइयोः हाउ टु गेट ए जब अर्थात्‌ जागिर कसरी पाउने भन्दा हाउ टु स्टार्ट ए बिजनेस अर्थात्‌ व्यवसाय कसरी सुरु गर्ने भन्ने शब्दावली धेरै सर्च गरेको देखियो।

अमेरिकाको श्रम मन्त्रालयका अनुसार त्यहाँ मात्रै गत अक्टोबरमा ४० लाखभन्दा बढी मानिसले जागिर गुमाएका छन्।

एनएफटी के हो ?

पैसा कमाउनेबारे मानिसहरूको रुचि देखिएको अर्को शीर्षक रह्यो–एनएफटीहरू।

एनएफटी अर्थात्‌ ननफन्जिबल टोकन यस्तो डिजिटल चित्र अथवा कलाकृति हो जसको स्वामित्व पुष्टि गर्नका लागि बनाइएको टोकन किनबेच गर्न सकिन्छ। ट्विटरका संस्थापक ज्याक डोर्सीको एनएफटीको पहिलो ट्वीट २९ लाख डलरमा विक्री भएपछि त्यसबारे हाम्रो जिज्ञासा उत्कर्षमा पुग्यो।

त्यो डिजिटल सम्पत्तिबारे हामीले थप जान्न चाह्यौँ। संसारले एनएफटी शब्दलाई माथि राखेर टु क्रिएट भन्ने टर्म सर्च गर्‍यो।

शाही सेलिब्रिटीहरू

शाही भूमिका परित्याग गरेपछि यूकेका राजकुमार ह्यारी र उनी श्रीमती मेगन मार्कलले गत मार्च महिनामा अमेरिकी प्रस्तोता ओप्रा विन्फ्रेलाई आफ्नो पहिलो टेलिभिजन अन्तर्वार्ता दिए। गुगल ट्रेन्ड इतिहासमा त्यो विश्वभरि सबैभन्दा धेरै सर्च भएको अन्तर्वार्ता बन्यो।

अन्तर्वार्तामा उक्त दम्पतीले ब्रिटिश शाही परिवारसँग आफूहरूको तनावपूर्ण सम्बन्धबारे खुलासा गरे अनि उनीहरूको छोराको त्वचाको रङ्गबारे पनि कुरा उठेको चर्चा भयो जुन विश्वभरि समाचारमा चर्चा पायो। तर सन् २०२१ का लागि त्यो मात्रै टेलिभिजनमा चर्चित क्षण थिएन।

कोरियाली नाटक

अधिकांश समय घरभित्रै बस्दा सानो स्क्रीनअगाडि बसेर शृङ्खलाबद्ध कार्यक्रमहरू हेर्न मानिसहरूसँग पर्याप्त समय भयो।

नेटफ्लिक्समा दक्षिण कोरियाली टेलिशृङ्खला स्क्विड गेम विश्वभरि सबैभन्दा बढी सर्च गरिएको कार्यक्रम हो। जीवनमै परिवर्तन ल्याउन सक्ने नगद पुरस्कार शृङ्खलाबद्ध घातक खेलहरूमा बाँच्नुपर्ने मानिसहरूको एउटा समूहको कथाले विश्वलाई मन्त्रमुग्ध बनायो।

र नेटफ्लिक्समा त्यो सबैभन्दा धेरै हेरिएको कार्यक्रम बन्न सफल भयो।

लोकप्रीय

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२

विचार

थप समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास
ताजा समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो
अन्तर्राष्ट्रिय

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता
ताजा समाचार

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?
राजनीति

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.