कांग्रेस महामन्त्रीको मतगणना सुरु

कांग्रेस महामन्त्रीको मतगणना सुरु

१ पुस, काठमाडौं ।
नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना सुरु भएको छ ।

पार्टी कार्यालय सानेपामा उपसभापति पदको मतगणना भएकै स्थानमा महामन्त्री पदको मतगणना सुरु भएको हो । कांग्रेस केन्द्रीय निर्वाचन समिति सदस्य सिताराम केसीका अनुसार मतगणना तीन स्थानमा सुरु गरिएको छ ।  छ घण्टाभित्र मतपरिणाम आइसक्ने उनले बताए ।

सभापति शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेल, शेखर कोइराला प्यानलबाट डा. मिनेन्द्र रिजाल र गगन थापा तथा प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि प्यानलबाट राजाराम कार्की महामन्त्रीका उम्मेदवार छन् । निर्वाचनबाट दुई जना महामन्त्री चुनिने छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.