रक्षा मन्त्रीबाट मिनेन्द्र रिजालले दिए राजीनामा

रक्षा मन्त्रीबाट मिनेन्द्र रिजालले दिए राजीनामा

१ पुस, काठमाडौं ।
नेपाली काग्रेसको १४ औ महाधिवेशनमा महामन्त्री पदमा पराजय नजिक पुगेपछि रक्षामन्त्री डा. मिनेन्द्र रिजालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

नेपाली कांग्रेसका महामन्त्री पदमा उठेका रिजालले मतगणनामा पछि परेपछि राजीनामा दिने घोषणा गरेका हुन् । सामाजिक संजाल फेसबुकमा स्टाटस लेख्दै उनले मतगणनाको अन्तिम परिणाम प्राप्त हुनासाथ प्रधानमन्त्रीसमक्ष राजीनामा पेस गर्ने बताएका छन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु।

महामन्त्री पदको मतगणना जारी रहदा शेखर कोइरालाको प्यानलबाट महामन्त्रीमा उठेका मिनेन्द्र निक्कै पछाडि रहेका छन् । उनको यो राजीनामाले भने राजनीतिमा नैतिकाको ठूलो पाठ पढाउको छ । नीति , सिद्धान्त, निष्ठा र नैतिकता बेचेको भनेर केही काग्रेस नेताहरुमाथि नै प्रश्न उठिरहेको बेला रिजालले राजीनामा दिने घोषणा गरेकोमा उनलाई सामाजिक संजालमार्फत धेरैले राम्रो राजनीतिक संस्कार बसाएको भन्दै प्रशंसा गरेका छन् ।

उनलाई नैतिकताको राजनीतिको सस्कार बसालेको भन्दै धेरैले धन्यवाद दिएपनि केहीले भने हतार गरेको र पार्टी र मन्त्रालयको जिम्मेवारी फर भएको भन्दै निर्णय फिर्ता लिन सुझाव दिएका छन् ।

मोरङबाट प्रतिनिधीसभा निर्वाचनमा एमालेका ऋषिकेश पोखेरेललाई पराजित गरेर सांसदमा विजयी भएका रिजाल गएको असोजमा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा रक्षा मन्त्री बनेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.