‘ए’ डिभिजन लिगमा आजदेखि पाँचौँ चरणको खेल सुरु हुँदै

‘ए’ डिभिजन लिगमा आजदेखि पाँचौँ चरणको खेल सुरु हुँदै

२ पौष, काठमाडौँ । सहिद स्मारक लिग ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि पाँचौँ चरणको खेल सुरु हुँदैछ ।

काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा आज दुई वटा खेल हुँदैछन् ।

पहिलो खेलमा सातदोबाटो युथ क्लब र त्रिभुवन आर्मी क्लब दिउँसो १ बजे खेल्दैछन् ।

सातदोबाटो ४ खेलमा ७ अङ्क जोडेर लिगको पाँचौँ स्थानमा छ । आर्मी चार खेलमा ८ अङ्क जोडेर तेस्रो स्थानमा छ । लिगमा आर्मी अपराजित रहेको छ ।

आज हुने दोस्रो खेलमा सङ्कटा क्लब र साविक विजेता मच्छिन्द्र फुटबल क्लब खेल्दैछन् । सङ्कटा र मच्छिन्द्रबीचको खेल बेलुका पौने पाँच बजे सुरु हुनेछ ।

सङ्कटा चार खेलमा ८ अङ्क जोडेर चौथो स्थानमा छ । मच्छिन्द्र १० अङ्कका साथ शीर्ष स्थानमा छ । लिगमा मच्छिन्द्र अपराजित रहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.