कांग्रेस मतगणनाः खुलातर्फको केन्द्रीय सदस्यमा शशांकको अग्रता

कांग्रेस मतगणनाः खुलातर्फको केन्द्रीय सदस्यमा शशांकको अग्रता

३ पुस, काठमाडौँ ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत खुलातर्फको केन्द्रीय सदस्यको मतगणना जारी छ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी मतदानमा शशांक कोइरालाले अग्रता लिएका छन्। अहिलेसम्म १६५ मत गन्दा उनले ५९ मत पाएका छन्।

यस्तै अर्जुन नरसिंह केसीले ४८, रमेश लेखकले ४३, उदय शमशेर राणाले ४१, ज्ञानेन्द्र बहादुर कार्कीले ४२, अजय बाबु सिवाकोटीले ३२ र एनपी साउँदले ४६ मत पाएका छन्। यस्तै जितजंग बस्नेत र दिलेन्द्र बडुले समान ३९, नैनसिंह महरले ४१, बालकृष्ण खाँणले ४२, बलबहादुर केसीले ३२ ल्याएका छन्।

खुलातर्फबाट ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्, जसका लागि ९९ जना प्रतिस्पर्धामा छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.