आइतबार ४ बजेका लागि सर्वदलीय बैठक आह्वानः संसद्को अवरोध र एमसीसीबारे छलफल हुने

आइतबार ४ बजेका लागि सर्वदलीय बैठक आह्वानः संसद्को अवरोध र एमसीसीबारे छलफल हुने

३ पुस, काठमाडौं ।
संघीय संसद्मा जारी अवरोध र एमसीसीबारे छलफल गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाएका छन् ।

प्रधानमन्त्री देउवाले आइतबार अपराह्न ४ बजेका लागि सर्वदलीय बैठक आह्वान गरेका हुन् । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले आइतबार ४ बजे सर्वदलीय बैठक बोलाइएको जानकारी दिए । बैठकमा एमसीसीलाई संसद्मा लैजाने विषयमा छलफल हुने एक मन्त्रीले बताएका छन् ।

संसद्मा जारी अवरोध अन्त्य गर्ने र एमसीसीलाई संसद्को एजेन्डा बनाउनेबारे सर्वदलीय बैठक बोलाउने कुरा भएको छ, ती मन्त्रीले भने । संघीय संसद्का दुवै सदनमा एमालेले अवरोध गर्दै आएको छ । त्यस्तै, अमेरिकासँग गरिएको एमसीसी सम्झौता लामो समयदेखि संसद्मा दर्ता भएर बसेको छ ।

उक्त सम्झौता संसद्बाट पास गर्नका लागि अमेरिकाले दबाब दिँदै आएको छ । तर सत्तारुढ दलहरूबीच नै एकमत नहुँदा एमसीसी सम्झौता अगाडि बढ्न सकेको छैन । सर्वदलीय बैठकमा संसद्मा रहेका सबै राजनीतिक दलहरूलाई बोलाइएको बताइएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.