ग्रिसमा मृत्यु भएका एक नेपालीको पहिचान खुल्यो, तीन जनाको सनाखत हुन बाँकी

ग्रिसमा मृत्यु भएका एक नेपालीको पहिचान खुल्यो, तीन जनाको सनाखत हुन बाँकी

४ पुस, एजेन्सी ।
गत नोभेम्बर दोस्रो साता ग्रिसमा गाडी दुर्घटनामा परी मृत्यु भएका चार नेपालीमध्ये एक जनाको परिचय खुलेको छ।

त्यहाँस्थित नेपाली राजदूतावासका अनुसार मृतक ४ मध्ये एक जना कैलालीको गौरीगंगा नगरपालिका–४ घर भएका ३७ वर्षीय लक्ष्मण सापकोटा हुन्। बाँकी ३ जनाको अझै पहिचान खुल्न सकेको छैन। उनीहरू गैरकानुनी रूपमा टर्कीबाट ग्रिस प्रवेश गर्ने क्रममा गाडी दुर्घटनामा परेका थिए।

चिनिन बाँकी तीन मृतकको तस्बिर इन्टरपोलमा राखेर सार्वजनिक गरिएको दूतावासले जनाएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.