टप ३५ बाट गणेश लामा आउट, शशांक कोइराला पहिलो स्थानमा

टप ३५ बाट गणेश लामा आउट, शशांक कोइराला पहिलो स्थानमा

४ पुस, काठमाडौं ।
शनिबारदेखि सुरु भएको नेपाली कांग्रेस खुला केन्द्रीय सदस्यको मत गणना जारी छ ।

३५ जना खुला केन्द्रीय सदस्य निर्वाचित गर्न भएको निर्वाचनमा हालसमम २३९३ मत गणना भएको छ । यो खसेको मतमध्य आधाभन्दा बढि हो । सार्वजनिक भएको मत परिणाम अनुसार सुरुदेखि नै पूर्वमहामन्त्रीसमेत रहेका डाक्टर शशांक कोइराला १९७१ मतका साथ पहिलो स्थानमा छन् ।

१५३८ मतका साथ एनपी साउँद दोस्रो स्थानमा छन् भने तेस्रो स्थानका बालकृष्ण खाँणले १५०३ मत पाएका छन् । कम्तीमा ८९१ मत ल्याउने उम्मेदवारहरू शीर्ष ३५ भित्र अटाएका छन् । ८९१ मतका साथ उमेशजंग रायमाझी ३५औँ स्थानमा छन् । खुला केन्द्रीय सदस्यका ३५ पदका लागि ९९ जनाले उम्मेदवारी दिएका थिए ।

कम्तीमा ८९१ मत पाउने उम्मेदवार शीर्ष ३५ भित्र रहँदा केही उम्मेदवारहरू झिनो मतले पछि परेका छन् । चर्चित डन गणेश लामा ८८८ मत ल्याएर ३६औँ स्थानमा छन् । उनी यसअघि सुनाइएको परिणामअनुसार शीर्ष ३५मा अटाएका थिए । पछिल्लो परिणामअनुसार मंगलप्रसाद थारुले ८७१ तथा मनोजमणि आचार्यले ८५४ मत पाएका छन् ।

८ सय माथि मत पुर्‍याएर शीर्ष ३५ मा नअटाउने उम्मेदवार पाँच जना छन् । बाँकी मतगणना आज बिहान हुनेछ । आज रातिसम्म अन्तिम परिणाम आउने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.