कैलाली हत्याको ‘जिम्मेवारी’ लिएको अडियो फेलाः हत्यामा संलग्न ५ जनाको पहिचान खुल्यो

कैलाली हत्याको ‘जिम्मेवारी’ लिएको अडियो फेलाः हत्यामा संलग्न ५ जनाको पहिचान खुल्यो

४ पुस, धनगढी ।
कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अरुण दासको विभत्स हत्यापछिको फोन रेकर्ड भेटिएपछि उनको हत्यामा संलग्न पाँच जनाको पहिचान खुलेको छ।

हत्यापछि दुई युवाबीच भएको फोन रेकर्ड बाहिरिएपछि त्यसकै आधारमा हत्यामा संलग्न पाँच जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ। फोन रेकर्डमा आफूलाई मनोज भनेर परिचय गराएका युवकले एकजनाको घाँटी रेटेर टाउको छिनालिएको बताएका छन्।

मनोजले फोन रेडर्कमा भनेका छन्, ‘घाँटी अलग छ, शरीर अलग छ। तपाईं एक–दुई दिनमा थाहा पाउनुहुन्छ।’ मनोजले नेपालगञ्जको रुपैडिया नाका हुँदै भारत गइरहेको पनि फोनमा भनेका छन्। प्रहरीका अनुसार दासको विभत्स ढंगले हत्या गरिएको छ।

उनलाई सुरुमा रुखमा बाँधेर नग्न बनाइएको छ। त्यसपछि घाँटी रेटेर टाउको अलग बनाइएको छ। कैलालीका प्रहरी प्रमुख विश्व अधिकारीसहित प्रहरी टोली अनुसन्धानको लागि घटनास्थल पुगेको थियो। प्रहरी प्रमुख अधिकारीले हत्यामा संलग्न ५ जनाको पहिचान भएको र उनको खोजी भइरहेको जनकारी दिए।

‘हत्यापछिको अडियो रेकर्ड हामीले पाएका छौँ,’ एसपी अधिकारीले भने, ‘घटनाको अनुसन्धान भइरहेको छ। शंकास्पद व्यक्ति उपर अनुसन्धान बढाएका छौँ। डग स्निफिङ पनि गराइएको छ।’

स्थानीयका अनुसार मृतक दासका बुवा, आमा र दाइ भारतमा रोजगारीको लागि बस्दै आएका छन्। जानकी गाउँपालिकामा उनकी श्रीमती, छोरी र भाउजु बस्दै आएका छन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.