खेलाडीलाई कारबाही गरेर क्यानले क्रिकेट विकासमा अवरोध पुर्याएको सिप्यानको आरोप

खेलाडीलाई कारबाही गरेर क्यानले क्रिकेट विकासमा अवरोध पुर्याएको सिप्यानको आरोप

५ पौष, काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र चार जना क्रिकेटरबीचको विवादका विषयमा नेपाली क्रिकेट खेलाडी सङ्घ (सिप्यान)ले ध्यानाकर्षण भएको जनाएको छ ।

सिप्यानले विज्ञप्ति निकालेर क्यान र खेलाडीबीच भएको तिक्तता मेटाइ खेलाडीको मनोबल उच्च बनाइ राख्न ध्यानाकर्षण गराएको हो ।

विज्ञप्तिमा खेलाडीले उठाएको माग सम्बोधन गर्नुको साटो क्यानले कारबाही गरेर क्रिकेट विकासमा अवरोध पुर्याएको उल्लेख गरिएको छ ।

‘खेलाडीले आफ्ना भावना तथा आवाज अगाडि राख्न खोज्दा ती मागको उचित सम्बोधन गर्नुको साटो उनीहरुमाथि नै गरिएका कारबाहीले नेपाली क्रिकेटको विकासमा अवरोध पुग्न जाने अवस्था सिर्जना भएको छ’– विज्ञप्तिमा भनिएको छ।

वर्गीकरण जस्तो महत्त्वपूर्ण विषयवस्तुलाई पारदर्शी रुपमा निश्चित मापदण्ड तोकर अवलम्बन गर्दै त्रुटिरहित बनाउन तथ्यपरक, वस्तुपरक र वैज्ञानिक बनाउन पनि सिप्यानले आग्रह गरेको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.