२० उपसचिवलाई सहसचिवमा बढुवा गर्न सिफारिस

२० उपसचिवलाई सहसचिवमा बढुवा गर्न सिफारिस

५ पौष, काठमाडौँ । २० जना उपसचिवलाई सहसचिवमा बढुवा गर्न बढुवा समितिको सचिवालयले सिफारिस गरेको छ । प्रशासन सेवाका १८ र लेखापरीक्षण सेवाका २ जना उपसचिवहरु बढुवा सिफारिसमा परेका हुन् ।

प्रशासन सेवाका दीपक घिमिरे, नारायणप्रसाद सापकोटा, बलराम निरौला, वेदप्रसाद खरेल, रुद्रप्रसाद पण्डित, मदन कोइराला, कोमलप्रसाद धमला, दिवस आचार्य, ईश्वरकुमार गिरी बढुवाको सिफारिसमा परेका छन् ।

यसैगरी श्रवणकुमार पोखरेल, रामबहादुर कुरुम्बाङ, गोपाल कुमार अधिकारी, टुवराज पोख्रेल, बासुदेव घिमिरे, उद्धवप्रसाद रिजाल, युवराज कट्टेल, ध्रुवराज पण्डित, दीपक लामिछाने पनि बढुवाको सिफारिसमा परेका छन् ।

लेखा परीक्षण सेवाबाट पदमप्रसाद आचार्य र शम्भुकुमार श्रेष्ठलाई बढुवा गर्न बढुवा समितिको सचिवालयले सिफारिस गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.