५ पुस, काठमाडौं ।
पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले मिलेनियम च्यालेन्ज कप्याक्ट (एमसीसी) सम्झौतामा कम्तीमा गठबन्धनभित्र साझा सहमति बनाउनुपर्ने बताएका छन् ।
सोमबार समाजवादी प्रेस संगठनले आयोजना गरेको कार्यक्रममा उनले एमसीसीको विषयमा गठबन्धनमा रहेका दलहरुबीच सहमति हुन नसकेमा गठबन्धन भत्काउने खेल शुरु हुने र पुनः प्रतिगमन हुने खतरा रहेको बताए । ‘अहिले भर्खरै चर्चामा आएको एमसीसीको जुन मुद्दा छ ।
यस्ता मुद्दामा कमसे कम गठबन्धनका घटकबीच सहमति जुटाएर अगाडि बढ्न सकेनौं भने यही बहनामा भित्री बाहिरी शक्तिले खेलेर गठबन्धन तोडिदिने, त्यसपछि फेरि अर्को ढंगले प्रतिगमन आउने खतरा छ’ उनले भने ।
यो विषयलाई यो वा ऊ वहानामा तन्काउन थालेमा विस्फोटक रुप लिएर गठबन्धन भत्कने र पुनः प्रतिगमन आउने टड्कारो सम्भावना रहेको भट्टराईको भनाइ छ ।
त्यसका लागि प्रतिगमनकारी शक्तिलाई परस्त गर्न चुनावसम्म गठबन्धन निरन्तर रुपमा लैजानु पर्ने उनले बताएका छन् । उनले भने, प्रतिमगनकारी शक्तिको टाउकोमा नटेक्नुजेल अहिलेको गठबन्धन कायम राख्नुपर्छ । यसलाई आगामी चुनावसम्म कायम गर्नुपर्छ, विभिन्न बहानामा अहिलेको गठबन्धन टुटाउन खोजिँदैछ ।
त्यसतर्फ सजक रहन पर्छ । कम्तीमा महत्त्वपूर्ण विषयमा राष्ट्रिय सहमति हुनुपर्छ । उनले संघीय लोकतान्त्रिक अँध्यारो सुरुङमा प्रवेश गर्नेतर्फ सचेत हुनपर्ने बताए । भारत, चीन र अमेरिकासहित जुन तरिकाको तनाव चलिरहेको छ त्यो भूमरीमा देश फस्ने थियो ।
महत्वाकांक्षी र गैरजिम्मेवार पात्र हुन्, भट्टराईले भने, उनी निमित्त नायक रुपमा आएका थिए ।