बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी

बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी

५ पुस, काठमाडौं ।
नयाँ बानेश्वरको इन्द्रेणी कम्प्लेक्समा आगलागी भएको छ ।

प्रहरीका अनुसार कम्प्लेक्समा रहेको जिम सेन्टरमा सोमबार अपराह्न आगलागी भएको हो । प्रहरी वृत्त, बानेश्वरका डीएसपी मीमबहादुर लामाले आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको जानकारी दिए ।

आगलागी नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाको दमकल मगाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीको कारण भने खुल्न सकेको छैन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.