आज प्रतिनिधि सभा बैठक बस्‍दैः कस्तो छ सम्भावित कार्यसूची ?

आज प्रतिनिधि सभा बैठक बस्‍दैः कस्तो छ सम्भावित कार्यसूची ?

६ पुस, काठमाडौं ।
आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्‍दैछ ।

बैठकअघि सभामुख अग्‍निप्रसाद सापकोटाले कार्य परामर्श समितिको बैठक बोलाएका छन् । परामर्श समितिको बैठक बिहान साढे ११ बजे बस्‍ने संसद् सचिवालयले जनाएको छ । समिति बैठक संसद् भवन नयाँबानेश्वरस्थित शंकर हलमा बस्ने छ ।

संसद्‍को सम्‍भावित कार्यसूचीमा कानुन मन्‍त्री दिलेन्‍द्रप्रसाद बडूले यौन हिंसाविरुद्धका केही अध्यादेशलाई स्वीकृत गरियोस् भन्‍ने प्रस्‍ताव पेश गर्ने कार्यसूची छ । त्यस्तै सांसद प्रेम सुवालले यौन हिंसाविरुद्धका केही अध्यादेशलाई स्वीकृत गरियोस् भन्‍ने प्रस्‍ताव पेश गर्नेलगायत सम्भावित कार्यसूची छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.