काठमाडौं मोडल कलेजको होस्टलमा विद्यार्थीको मृत्यु

काठमाडौं मोडल कलेजको होस्टलमा विद्यार्थीको मृत्यु

६ पुस, काठमाडौं ।
काठमाडौंको बागजबारस्थित काठमाडौं मोडल कलेज (केएमसी)को होस्टलमा बस्ने विद्यार्थीको मृत्यु भएको छ ।

होस्टलको बाथरुममा नुहाउन गएका १८ वर्षीय सुशिल सहनी धेरै बेरसम्म ननिस्केपछि होस्टलका कर्मचारीले ढोका फुटाएर हेर्दा बेहोस अवस्थामा भेटिएका थिए ।

सोमबार दिउँसो उनलाई उपचारका लागि काठमाडौं मोडल अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालको आइसियुमा उपचार हुँदै गर्दा उनको मृत्यु भएको हो । सहनी ११ कक्षामा अध्ययनरत थिए । होस्टलको लापरवाहीले सहनीको मृत्यु भएको भन्दै विद्यार्थीहरुले आन्दोलन गरिरहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.