प्रतिनिधि सभा बैठक आज पनि, ९ बुँदे कार्यसूची

प्रतिनिधि सभा बैठक आज पनि, ९ बुँदे कार्यसूची

७ पुस, विराटनगर ।
प्रनिनिधि सभाको बैठक आज (बुधबार) पनि बस्दैछ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निरन्तर अवरोधका बावजुद प्रतिनिधि सभाको बैठक लगातार दोस्रो दिन बस्न लागेको हो। एमाले अवरोधबीच सरकारले अध्यादेश र विभिन्न प्रस्ताव पेस गर्ने काम अगाडि बढाइरहेको छ।

संघीय संसद् सचिवालयका अनुसार आज बैठक दिउँसो १ बजे बस्नेछ। बैठकका लागि सम्भावित ९ कार्यक्रम तय गरिएको छ। तर बहुप्रतिक्षित एमसीसी आजको कार्यसूचीमा पनि परेको छैन।

यस्तो छ बुधबारको कार्यसूची
सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्र पढेर सुनाउने।

सांसद् प्रेम सुवालले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्ने।

गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्ु भनी प्रस्ताव प्रस्तुत गर्ने।

सांसद् सुवालले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्ु भन्ने सूचना प्रस्तुत गर्ने।

मन्त्री खाँणले तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने।

सांसद् सुवालले सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्ने।

मन्त्री खाँणले सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने।

सांसद् सुवालले रेल्वे अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्ने।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्री रेणुकुमारी यादवले रेल्वे अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.