७ पुस, काठमाडौं ।
प्रतिनिधिसभामा प्रमुख प्रतिपक्ष दल एमालेको विरोधका बीच चार अध्यादेश स्वीकृत भएको छ ।
गृहमन्त्रीका तर्फबाट सूचना तथा सञ्चार, प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पेस गरेका अध्यादेशहरु स्वीकृत भएको हो ।
नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वय पहिलो संशोधन),२०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन)अध्यादेश, २०७८, समाजिक सुरक्षा (पहिलो संशोधन)अध्यादेश, २०७८ र रेल्वे अध्यादेश,२०७८ स्वीकृत भएको हो ।
बैठकमा चारवटै अध्यादेशमाथि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना प्रस्तुत गरेका थिए । तर सो प्रस्ताव बहुमत अस्वीकृत भएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्ने बित्तिकै एमाले सांसदहरुले विरोध गरेका थिए ।