संसद्मा एमालेको नारा ‘पक्षपूर्ण व्यवहार बन्द गर’

संसद्मा एमालेको नारा ‘पक्षपूर्ण व्यवहार बन्द गर’

७ पुस, काठमाडौं ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ‘पक्षपूर्ण व्यवहार बन्द गर’भन्नेलगायतका नाराहरु लगाउँदै बुधबार पनि प्रतिनिसभा बैठक अवरुद्ध पारेको छ ।

सभामुख अग्नीप्रसाद सापकोटाले बैठक सुरु गर्न साथ एमाले सांसदहरुले वेल घेराउसहित चर्काबाजी गर्दै प्रतिनिधिसभा अवरुद्ध पार्ने कामलाई निरन्तरता दिएको हो ।

यता सभामुख सापकोटाले सभालाई सूचारु गराएर आफ्ना असहमति राख्न पटक पटक आग्रह गरेपनि एमाले सांसदहरुले त्यसको वेवास्ता गर्दै पक्षपातपूर्ण व्यवहार बन्द गर, संसदीय मर्यादा कायम गर, पार्टी फुटाउने षडयन्त्र मुर्दावाद भन्ने नारा लगाएका थिए ।

एमालेले आफ्नो पार्टीले कारबाहीका लागि सिफारिस गरेका माधव नेपालसहितका १४ जना सांसदलाई कारबाहीको सूचना टाँस नगरेर सभामुख सापकोटा आफै पार्टी फुटाउने षडयन्त्रमा लागेका भन्दै संसद बैठक अवरुद्ध पार्दै आएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.