प्रधानमन्त्री देउवाले सम्हाले रक्षा मन्त्रालयको कार्यभार

प्रधानमन्त्री देउवाले सम्हाले रक्षा मन्त्रालयको कार्यभार

७ पुस, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले रक्षा मन्त्रालयको कार्यभार पनि सम्हालेका छन् ।

राष्ट्रपति विद्या देवी भण्डारीले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड क बमोजिम रक्षामन्त्री डा. मिनेन्द्र रिजालले पदबाट राजीनामा दिएपछि सो मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री देउवालाई सम्हाल्ने गरी तोकेकी छन् ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका बीच बुधबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै सभामुख अग्नीप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै राष्ट्रपति भण्डारीले रक्षा मन्त्रालयको कार्यभार पनि सम्हाल्ने जिम्मेवारी प्रधानमन्त्री देउवालाई तोकेको बताए ।

उनले भने, ‘सम्माननीय राष्ट्रपति श्रीमति विद्या भण्डारीज्यूले मौजुदा मन्त्रीपरिषदका माननीय रक्षामन्त्री डा. मिनेन्द्रप्रसाद रिजालले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड क बमोजिम मन्त्री पदबाट राजीनामा दिनु भएकाले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा रक्षा मन्त्रालयको कार्यभार सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाज्यूले सम्हाल्ने गरी तोक्नु भएको छ ।’

कांग्रेस नेता तथा मोरङबाट सांसदमा निर्वाचित रक्षामन्त्री रिजालले पार्टीको महाधिवेशनमा महामन्त्री पदमा हार व्यहोरेपछि गत पुस २ गते शुक्रबार मन्त्री पदबाट राजीनामा दिए थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.