एसियन सिनियर सेन्ट्रल जोनः पुरुष तथा महिला भलिबल प्रतियोगिता आजदेखि

एसियन सिनियर सेन्ट्रल जोनः पुरुष तथा महिला भलिबल प्रतियोगिता आजदेखि

८ पुस, विराटनगर ।
एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप आजदेखि बंगलादेशमा सुरु हुँदैछ।

बंगलादेशको ढाकामा हुने प्रतियोगितामा नेपालको महिला र पुरुष टोलीले सहभागिता जनाएका छन्। नेपालको महिला टोलीले पहिलो खेलमा आज श्रीलंकाको सामना गर्नेछ। नेपाल र श्रीलंकाबीचको खेल अहिले सवा ११ बजे सुरु हुनेछ।

यस्तै पुरुष टोलीले आज आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र आयोजकबीचको खेल आज अपरान्ह पौने पाँच बजे सुरु हुनेछ। प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रले सहभागिता जनाएका छन्।

पुरुषमा आयोजक बंगलादेश, नेपाल, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन्। महिलामा आयोजक बंगलादेश, नेपाल, किर्गिस्तान, माल्दिभ्स, श्रीलंका र उज्वेकिस्तानले प्रतिस्पर्धा गर्नेछन्।

महिलातर्फ नेपाल साविक विजेता हो। पुरुषतर्फ नेपाल समूह चरणबाट बाहिरिएको थियो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.