८ पुस, विराटनगर ।
नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्यमा १८१६ मतका साथ विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली निर्वाचित भएका छन् ।
खसआर्य कोटाबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । उनी कृष्णप्रसाद सिटौला–शेरबहादुर देउवा खेमाबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेका थिए । डाक्टर शेखर कोइरालाको टिममा रहेका पराजुली १४औँ महाधिवेशनका क्रममा सिटौला पक्षमा लागेका थिए ।
यस्तै प्रदेश एकका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की भने केन्द्रीय सदस्यमा पराजित भए । कार्की डाक्टर कोइरालाको टिमबाट खुला केन्द्रीय सदस्यको उम्मेदवार बनेका थिए ।