नवलपरासीको दुम्कीबास बस्ती आसपास बाघ देखिएपछि स्थानीयलाई सर्तक रहन आग्रह

नवलपरासीको दुम्कीबास बस्ती आसपास बाघ देखिएपछि स्थानीयलाई सर्तक रहन आग्रह

९ पौष, नवलपरासी । नवलपरासीको दुम्कीबास बस्ती आसपासमा बाघ देखिएपछि स्थानीय बासिन्दा त्रसित भएका छन् ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका दुम्कीबास आसपासमा बाघ देखिन थालेको हो ।

गाउँपालिकाले सूचना निकालेर स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ ।

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने भएकाले निकुञ्जबाट बाघ बस्ती आसपास आएको गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर जीसीले बताए ।

आफूहरूले रातिको समयमा वन क्षेत्र नजिक हिँडडुल नगर्न, सकेसम्म एक्लै नहिँड्न अनुरोध गरेको गाउँपालिकाका अध्यक्ष जीसीले बताए ।

दुम्कीबास, बघुवनसहित पूर्व–पश्चिम राजमार्गको अरुणखोला दुम्कीबास जङ्गल क्षेत्रमा समेत बाघ देखिएको स्थानीय बासिन्दाले बताएका छन् । गएको महिना विनयी त्रिवेणी गाउँपालिकाको विनयी सामुदायिक वनका हेरालु ६१ वर्षीय जीतबहादुर विकको बाघको आक्रमणका कारण ज्यान गएको थियो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.