एमालेले तेस्रोपटक संसद विघटनको प्रयास गरिरहेको छः प्रचण्ड

एमालेले तेस्रोपटक संसद विघटनको प्रयास गरिरहेको छः प्रचण्ड

१० पुस, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसदभित्र एमालेले जात्रा देखाएको आरोप लगाएका छन् ।

एमालेले सदनमा माधव नेपाललाई देख्न नचाहेको भन्दै प्रचण्डले उसले गठबन्धन तोड्ने प्रयास गरिरहेको आरोप समेत लगाए । सर्वोच्च अदालत र सदनले समेत मान्यता दिइसकेको अवस्था एमालेले त्यो माग राख्नु राम्रो नरहेको प्रचण्डको भनाई छ ।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा शनिबार विभिन्न सञ्चारमाध्यमका सम्पादकसँग छलफल गर्दै प्रचण्डले एमालेले तेस्रोपटक संसद विघटनको प्रयास गरिरहेको बताए । उनले कुनै पनि हालतमा संसद विघटन हुन नदिने दृढता व्यक्त गरे ।

एमसीसीका सन्दर्भमा बोल्दै अध्यक्ष प्रचण्डले आफुहरु विदेशी लगानी वा सहयोग आउनै नदिने पक्षमा नरहेको बताए । उनले भने, ‘विदेशी लगानी वा सहयोग आउनै नदिने भन्ने होइन, सहयोग लिनुपर्ने पक्षमा हामी छौ, तर एमसीसीको बारेमा हरेक पक्षसँग छलफल गरेर अगाडि बढ्न जरुरी छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउँदा एमाले (प्रतिपक्षी दल) नआएको बताउँदै अध्यक्ष प्रचण्डले एमाले बैठकमा नआए आफूहरु नै बालकोट जाने बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.