NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
विद्याको सदस्यता मनमुटावले रोक्यो, महासचिवको जिब्रो चिप्लियो  बुधबार साउन ७ , २०८२
पाकिस्तानी सेना प्रमुखपछि प्रधानमन्त्रीलाई स्वागत गर्न ट्रम्प आतुर बुधबार साउन ७ , २०८२
नेपाली क्रिकेटको नयाँ अध्यायः कुवेतसँग ऐतिहासिक शृङ्खलाको सम्झौता बुधबार साउन ७ , २०८२
हङकङबाट दिल्ली अवतरण लगत्तै एयर इन्डियामा आगो बुधबार साउन ७ , २०८२
“मेरो सालिक कसैले नदेख्ने गरी गाडिदिनुहोस्“–सुदन किराँती बुधबार साउन ७ , २०८२
Next
Prev

समाचार

माओवादीको सम्मेलन आठौं महाधिवेशनमा रुपान्तरण

आइतवार पुस ११ , २०७८
Reading Time: 1 min read
A A
माओवादीको सम्मेलन आठौं महाधिवेशनमा रुपान्तरण
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

११ पुस, काठमाडौं ।
नेकपा माओवादी केन्द्रले प्रथम राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरेको छ ।

शनिबार बसेको स्थायी समिति बैठकले राष्ट्रिय सम्मेलनलाई आठौं महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरेको हो । प्रथम राष्ट्रिय सम्मेलनको तयारीस्वरूप शनिबार बसेको स्थायी समिति बैठकले महाधिवेशनपूर्व गर्नुपर्ने सबै प्रक्रिया सकिएकाले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय गरेको हो ।

सदस्यता नवीकरणदेखि वडा, पालिका र प्रदेशसम्मका अधिवेशन गरिएको, राजनीतिक प्रतिवेदन लेखन र विधान संशोधन प्रस्ताव तयार हुनु महाधिवेशनपूर्वकै काम भएको निष्कर्षसहित सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

Advertisement

देशव्यापी रूपमा कार्यकर्ता तहमा देखिएको उत्साह तथा जनस्तरबाट प्राप्त सुझावका आधारमा राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने प्रस्ताव स्थायी कमिटीबाट पारित भएको उनको भनाइ छ । बैठकपछि महराले राष्ट्रिय सम्मेलनप्रति जनआकर्षण एवं पार्टी पंक्तिमा पनि विशेष चासो बढेकाले सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको बताए ।

माओवादी केन्द्रको अन्तरिम विधानमा केन्द्रीय समिति, केन्द्रीय निकाय र तिनका पदाधिकारी तथा सदस्यको निर्वाचन राष्ट्रिय महाधिवेशनबाट पारित विधानबमोजिम हुने व्यवस्था छ । राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गर्ने निर्णय भएसँगै त्यसलाई आठौं महाधिवेशनको नाम दिइएको छ । तत्कालीन एकीकृत माओवादीले २०६९ माघमा हेटौंडामा सातौं राष्ट्रिय महाधिवेशन गरेको थियो भने २०७१ मा विराटनगरमा राष्ट्रिय सम्मेलन गरेको थियो ।

अहिले महाधिवेशन गरेपछि अर्को पाँच वर्ष संगठन निर्माणमा केन्द्रित हुन सकिने माओवादी नेताहरूको बुझाइ छ । राष्ट्रिय सम्मेलनको तयारीकै रूपमा माओवादीले पार्टी सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण अभियान, सेल र टोल सम्मेलन, वडा सम्मेलन, पालिका र नगरपालिका सम्मेलन हुँदै प्रदेश सम्मेलन सम्पन्न गरेको थियो ।

संगठन सुदृढीकरण र जनपरिचालन अभियानसहित चिनियाँ नेता माओको जन्मजयन्तीको सन्दर्भ पारेर पुस ११–१३ मा राष्ट्रिय सम्मेलन आयोजना गर्ने गत साउनकै केन्द्रीय समिति बैठकको निर्णय थियो ।

दिउँसो प्रज्ञा भवन कमलादीमा हुने महाधिवेशन उदघाटन समारोहमा बिभिन्न ११ राजनीतिक दलका नेताहरुलाई बोलाउने निर्णय पनि माओवादीले गरेको छ ।

केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेमकिपा, नेकपा माले, राप्रपा लगायत पार्टीका नेताहरुलाई अतिथिको रुपमा बोलाइएको छ । यसअघि राष्ट्रिय सम्मेलनमा पाहुनाहरु नबोलाउने निर्णय माओवादीले गरेको थियो ।

राष्ट्रिय सम्मेलन महाधिवेशनमा रुपान्तरण गरिएकाले एक बजेका लागि पूर्वनिर्धारित उदघाटन समारोह तीन बजेसम्मका लागि सारिएको छ । उद्घाटन सत्रपछि बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक प्रतिवेदन साथै अन्तरिम विधान–२०७८ पेस हुनेछ ।

राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रूपान्तरण गरेपछि प्राविधिक काम पनि थपिएको छ । परिचयपत्रदेखि ब्यानरसम्म र अध्यक्ष दाहालको प्रतिवेदनदेखि अन्य कागजातमा समेत राष्ट्रिय सम्मेलनको ठाउँमा आठौं महाधिवेशन उल्लेख गर्नुपर्ने भएको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताए । माओवादीको महाधिवेशनमा सवा करोड खर्च हुने अनुमान गरिएको छ ।

‘शुक्रबारसम्मको आकलनमा १ करोड आसपास खर्च हुने अनुमान गरेका थियौं,’ सचिव उपाध्यायले भने, ‘अब महाधिवेशन गर्ने भएपछि प्रचारप्रसार खर्च बढ्यो । त्यसकारण करिब सवा करोडमा टुंग्याउने गरी महाधिवेशन सकिन्छ ।’

महाधिवेशन करिब पाँच दिन चल्ने भएको छ । महाधिवेशनमा १ हजार ६ सय ३१ प्रतिनिधि सहभागी हुनेछन् । प्रतिनिधिले खाने र बस्ने व्यवस्था आफैं गर्नेछन् भने दिउँसोको खाजा आयोजकले व्यवस्था गर्नेछ ।

लोकप्रीय

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याको सदस्यता मनमुटावले रोक्यो, महासचिवको जिब्रो चिप्लियो 

बुधबार साउन ७ , २०८२
पाकिस्तानी सेना प्रमुखपछि प्रधानमन्त्रीलाई स्वागत गर्न ट्रम्प आतुर

पाकिस्तानी सेना प्रमुखपछि प्रधानमन्त्रीलाई स्वागत गर्न ट्रम्प आतुर

बुधबार साउन ७ , २०८२
नेपाली क्रिकेटको नयाँ अध्यायः कुवेतसँग ऐतिहासिक शृङ्खलाको सम्झौता

नेपाली क्रिकेटको नयाँ अध्यायः कुवेतसँग ऐतिहासिक शृङ्खलाको सम्झौता

बुधबार साउन ७ , २०८२

विचार

थप समाचार

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण
ताजा समाचार

खेलकुद

नेपाली क्रिकेटको नयाँ अध्यायः कुवेतसँग ऐतिहासिक शृङ्खलाको सम्झौता

बुधबार साउन ७ , २०८२
एयर इन्डियाका पाइलटलाई नेपाल उडानमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय

हङकङबाट दिल्ली अवतरण लगत्तै एयर इन्डियामा आगो

बुधबार साउन ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

World News: २८० सवार जहाजमा भीषण आगलागी, खामेनीका दूत र पुटिनको वार्ता || Nepal Times

00:15:26

World News: Syria झडपमा 900 बढीको मृ*त्यु, बेलायतमा प्यालिस्टिनी समर्थक प*क्रा*उ || Nepal Times

00:16:27

World News: India–Pakistan यु*द्धमा ५ जेट खसेको Trumpको दाबी, विहारमा चट्याङले ३३ को मृ*त्यु

00:17:55

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याको सदस्यता मनमुटावले रोक्यो, महासचिवको जिब्रो चिप्लियो 

बुधबार साउन ७ , २०८२

हालका पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याको सदस्यता मनमुटावले रोक्यो, महासचिवको जिब्रो चिप्लियो 

बुधबार साउन ७ , २०८२
पाकिस्तानी सेना प्रमुखपछि प्रधानमन्त्रीलाई स्वागत गर्न ट्रम्प आतुर

पाकिस्तानी सेना प्रमुखपछि प्रधानमन्त्रीलाई स्वागत गर्न ट्रम्प आतुर

बुधबार साउन ७ , २०८२
नेपाली क्रिकेटको नयाँ अध्यायः कुवेतसँग ऐतिहासिक शृङ्खलाको सम्झौता

नेपाली क्रिकेटको नयाँ अध्यायः कुवेतसँग ऐतिहासिक शृङ्खलाको सम्झौता

बुधबार साउन ७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.