सातबुँदे माग पूरा नभए अनशन बस्ने डा. केसीको चेतावनी

सातबुँदे माग पूरा नभए अनशन बस्ने डा. केसीको चेतावनी

११ पुस, विराटनगर ।
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले धरानस्थित बीपी प्रतिष्ठानका पदाधिकारीलाई कारबाही गर्न माग गरेका छन् ।

डा. केसलीले विज्ञप्ति निकालेर सरकारसँग सातबुँदे माग अगाडि सारेका हुन् ।

बीपी प्रतिष्ठानका भ्रष्ट पदाधिकारीहरूलाई बर्खास्त गरेर कारबाही गर्ने, सार्वजनिक पदमा हुने स्वार्थको द्वन्द्व रोक्न कानुन बनाउने तथा विश्वविद्यालय र प्रतिष्ठानहरूमा पदाधिकारी नियुक्तिका लागि मापपण्ड बनाउनेजस्ता दीर्घकालीन सुधारका कामहरू गर्ने प्रधानमन्त्री देउवाका प्रतिबद्धताहरू पूरा नहुँदा सुधार र सुशासनको प्रक्रिया नै अवरुद्ध भएको छ,’ उनले विज्ञप्तिमा भनेका छन् ।

सातबुँदे माग पूरा नभए सत्याग्रह सुरु गर्ने उनले चेतावन दिएका छन् । ‘मागहरू तत्काल पूरा गर्न सरकारको ध्यानाकर्षण गराउँदै त्यसो नभएमा कुनै पनि बेला सत्याग्रह सुरु गर्ने जानकारी गराउन चाहन्छौँ,’ उनले भनेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.