NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला शुक्रबार मंसिर ५ , २०८२
सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर शुक्रबार मंसिर ५ , २०८२
सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि शुक्रबार मंसिर ५ , २०८२
सिमरामा जेनजी कुट्ने एमाले कार्यकर्ता अरबिन्द पक्राउ शुक्रबार मंसिर ५ , २०८२
Next
Prev

समाचार

५७ वर्षमा सलमान, जन्मदिनको अघिल्लो दिन सर्पले टोक्यो

आइतवार पुस ११ , २०७८
Reading Time: 1 min read
A A
५७ वर्षमा सलमान, जन्मदिनको अघिल्लो दिन सर्पले टोक्यो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

११ पुस, विराटनगर ।

भारतीय चलचित्र उद्योग बलिउडका मेगास्टार र ’बिग बोस १५’ का होस्ट सलमान खान सोमबार ५७ औं जन्मदिन मनाउदैछन् ।

आफ्नो जन्म दिनको पूर्व सन्ध्यामा भने उनलाई उनको फार्महाउसमा सर्पले टोकेको छ । सर्प गैरविषाक्त रहेकाले उनी सामान्य उपचारपछि घर फर्किसकेको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् ।

LS Auto

शनिबार सलमान खान ‘बिग बोस १५’ मा आलिया भट्ट र बहुभाषिक एसएस राजामौलीको फिल्म ‘आरआरआर’का अन्य कास्ट सदस्यहरूसँग प्रि–बर्थडे बोसमा देखिएका थिए ।

यो घटना भने आइतवार बिहान सबेरै रायगड जिल्लाको नवी मुम्बई नजिकै रहेको पनवेलमा रहेको उनको फराकिलो फार्महाउसमा भएको थियो। फार्महाउस हरियो, घना जंगली क्षेत्रमा अवस्थित छ। केही वर्षअघि पनि त्याहा कोब्रा देखिए बताइएपनि कुनै अप्रिय घटना भने भएको छैन ।

बलिउडमा दबङ खानको परिचय बनाएका सलमान खानले १९८९ मा मैने प्यार किया भन्ने चलचित्रबाट बलिउडमा चर्चा कमाएका थिए । यद्यपि उनको पहिलो चलचित्र भने विवी हो तो यसी भन्ने रहेको थियो ।

१९६५ डिसेम्बर २७ मा भारतको मध्य प्रदेश सिथत इन्दोरमा जन्मिएका खानको नाम अबदुल रसिद सलिम सलमान खान हो । खान पटकथा लेखक सलीम खान र उनकी पहिलो पत्नी सुशीला चरकका जेठो छोराका रुपमा जन्मिएका हुन् ।

एक हिन्दू आमा र एक मुस्लिम बुबा भएका खान दुबै धर्ममा उत्तिकै आस्था राख्दछन् । सलमानले मुम्बईको बांद्रामा रहेको सेन्ट स्टानिसलस हाई स्कूलमा स्कूले शिक्षा आफ्ना भाइ अरबाज र सोहेलसगै पूरा गरेका थिए ।

उनी मुम्बईको सेन्ट जेभियर कलेजमा भर्ना भएपनि बीचकै पढाई छाडेका थिए । तीस वर्षभन्दा बढीको उनको चलचित्र क्यारियरमा उनले सयौं चलचित्रमा अभिनय गरिसकेका छन् । खानले असंख्य पुरस्कारहरू प्राप्त गरेका छन् । जसमा दुई राष्ट्रिय फिल्म पुरस्कार एक फिल्म निर्माताका रूपमा र दुई फिल्मफेयर अवार्ड्स अभिनयका लागि उनले प्राप्त गरेका छन् ।

उनी भारतीय सिनेमामा सबैभन्दा व्यावसायिक रूपमा एक सफल कलाकार मानिन्छन् । उनले दर्जनौ हिट चलचित्रहरुका अभिनय गरेका छन् । पछिल्लो समय हरेक वर्ष उनका नयाँ चलचित्रहरु प्रर्दशन हुदै आएका छन् । सलमान खान सामाजिक सेवाका क्षेत्रमा पनि बलिउडमा अग्रणी स्थानमा आउदछन् । उनको कयौलाई आर्थिक सहायता गरिसकेका छन् ।

उनले विइङ ह्युमन नामको संस्था समेत संचालन गर्दै आएका छन् । फोर्ब्सले उनलाई २०१८ मा विश्वका अधिक कमाई गर्ने कलाकारहरुमा ८२ औं स्थानमा राखेको थियो । उनको कमाई ३३ दशमलव ७ मिलियन डलर रहेको थियो ।

उनले २०१० देखि चर्चित रियालिटी कार्यक्रम बिग बोस संचालन गर्दै आएका छन् । उनी कालो हरिणलाई मारेको अभियोगमा जेलसमेत परिसकेका छन् । सलमान अभिनय करियरमा जति चर्चामा रहे । त्यति नै चर्चा उनको विवाद र प्रेम जीवनको समेत भएको पाइन्छ ।

शहीन जाफरी सलमानको पहिलो प्रेम थियो । जसको जानकारी सलमानले एक अन्तरर्वार्ताको क्रममा दिएका थिए । जतिबेला सलमान १६ वर्षका थिए । त्यही समय सलमानको जीवनमा संगीता बिजलानीको आगमन भएको थियो । संगीता बिजलानी मिस इन्डिया विजेता समेत हुन् ।

दुबैको भेट ८० को दशकमा भएको थियो । संगीता सलमान खान परिवारसँग पनि नजिक थिइन् । सलमान पनि संगीतासँग विवाह गर्न चाहन्थे । तर दुबैको ब्रेकअप भयो । यस्तै सोमी अली पाकिस्तानी अभिनेत्री हुन् । सोमीको साथ सलमानको अफेयर्स लामो समयसम्म चलेको थियो ।

फिल्म ‘मैने प्यार किया’ हेरेपछि सोमी सलमानसँग नजिकिएकी थिइन् । दुबैको डेट ८ बर्षसम्म चलेको थियो । यस्ते सलमान र ऐश्वर्याको अफेयर निकै चर्चामा रहेको थियो । दुबैको पहिलो भेट ‘हम दिल दे भुके सनम’ सेटमा भएको थियो । त्यही दुबैले एकअर्काेलाई मन पराएका थिए ।

एक दिन रातको ३ बजे सलमान ऐश्वर्याको घर पुगेका थिए । भारतीय संचार माध्यामका कारण उक्त कारणले ऐश्वर्या र सलमानबीच सम्बन्ध टुटेको थियो । सलमान र कट्रीनाको प्रेम पनि निकै चर्चामा रहेको बिषय हो ।

सलमानले कट्रीनालाई फिल्म ‘मैने प्यार क्युं किया’मा अभिनय गर्ने अवसर दिलाएका थिए । सलमानका साथ फिल्म अभिनयपछि कट्रीना निकै हिट भइन् । २००९ मा दुबैका ब्रेकअप भएको थियो । भर्खरै मात्रै कट्रीनाको विक्की कौशलसँग विवाह भएको छ ।

खानले कट्रीनालाई विवाहमा ३ करोडको गाडी उपहार दिएका थिए । सलमानको प्रेम चर्चा रोमियन सुन्दरी युलिया वन्तुरसँग पनि भएको थियो । दुबैलाई एकसाथ धेरै पटक देखिएका थिए । युलिया सलमानको परिवारसँग पनि देखिएकी थिइन् । उनको व्यवसायिक चलचित्र देखि असफल प्रेमसम्बन्ध सम्म चर्चा गरिरहदा उनी विना विवाह नै पिता बन्ने योजनामा रहेको भारतीय संचारमाध्यामहरुले जनाएका छन् ।

बलिउडमा आजकल सरोगेसीको माध्यामबाट माता–पिता बन्नेको चलिरहेको एक अलग ट्रेंडलाई आत्मसात गर्दै सलमान खान पिता बन्ने योजनामा रहेको बताइएको छ । आफूले सरोगेसीको माध्यामबाट पिता बन्नेको सुख पाउन चाहेको उनले कयौं पटक बताइसकेका छन् ।

बलिउडमा आमिर खान र पत्नी किरण राव, शाहरुख खान र गौरी खान, सोहेल खान,फराह खान, करण जोहर, तुसार कपुर, एकता कपुर बलीउडकी चर्चित अभिनेत्री सन्नी लियोनी, शिल्पा शेट्टी, प्रीति जिंटा लगायत पनि सरोगेसीबाट माता पिता बनेका छन् ।

सरोगेसी भनेको बच्चा चाहने कुनै पनि दम्पतीले आफू सक्षम भएर पनि स्वास्थ्य या अन्य कुनै कारणले स्वयंद्वारा बच्चा जन्माउन तयार नभएमा त्यस्ता दम्पतीले अन्य महिलाको कोख भाडामा लिने गर्दछन् । जुन कानुनी सम्झौताद्धारा बाधिएको हुन्छ । आफूले पाएका बच्चामाथि यस्ता महिलाको कानुनी अधिकार नहुनुका साथै डीएनएसमेत मेल खाँदैन ।

लोकप्रीय

राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर

सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर

शुक्रबार मंसिर ५ , २०८२

विचार

राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर

सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर

शुक्रबार मंसिर ५ , २०८२

थप समाचार

राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय
ताजा समाचार

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला
ताजा समाचार

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर
ताजा समाचार

सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर

शुक्रबार मंसिर ५ , २०८२
सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि
आर्थिक

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

World News: भारतलाई अमेरिकी मि*सा*इल, पाकिस्तानका कारण संक*टमा एयर इन्डिया || Nepal Times

00:19:01

अमेरिकामा मेकानिकको अभाव, भारतमा थप मा ओवादी मारि ए|| Nepal Times

00:23:48

World News: युक्रेनलाई १०० वटा राफेल, साउदीलाई एफ ३५ फाइटर जेट || Nepal Times

00:21:46

World News: मादुरोलाई ’आतंकवादी’ घोषित गर्ने अमेरिकी दाउ, इक्वेडरमा जनमत संग्रह || Nepal Times

00:17:49

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
हसिनालाई शरणार्थी बनाउने २ विद्यार्थी को हुन् ?जो मन्त्री बने

मृत्युदण्डको सजायपछि शेख हसिनाको पहिलो प्रतिक्रिया

सोमवार मंसिर १ , २०८२

हालका पोस्टहरू

राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर

सात फौजदारी मुद्दा खेपेका पुष्पराज भोलेन्टियर्स फोर्सका कमाण्डर

शुक्रबार मंसिर ५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.