११ पुस, विराटनगर ।
नेकपा माओवादी केन्द्रकी नेता पम्फा भुसालले तल्लो कमिटी देखिनै महाधिवशेनका लागि प्रक्रिया पुरा गरेकाले अन्तिम समयमा राष्ट्रिय सम्मेलनलाई महाधिवशेनमा परिणत गरेको बताएकी छिन् ।
राजधानीको कमलदास्थित प्रज्ञा भवनमा आयोजित आठौँ महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दे उनले भनिन्, टोल देखि वडा, वडा देखि पालिका र प्रदेशसम्म अधिवेशन गर्दै राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि चयन गरेका थियौँ ।
तल्लो कमिटी देखिनै महाधिवशेनका प्रक्रिया पुरा गरिएकाले अन्तिम समयमा राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा रुपान्तरण गर्ने निर्णय भएको हो, उनले भनिन् ।
शनिबार बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गर्ने निर्णय गरेको थियो । महाधिवेशनले समाजवादका लागि वैचारिक र राजनीतिक कार्यदिशा तय गर्ने उनले बताइन् ।