एटिएम मेसिन तोडफोड गर्ने पक्राउ

एटिएम मेसिन तोडफोड गर्ने पक्राउ

१२ पौष, मोरङ । मोरङको बिराटनगर महानगरपालिका–३ कंचनबारी स्थितमा रहेको माछापुच्छ्रे बैंकको एटिएम तोडफोडमा संलग्न १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङको रतुवामाई नगरपालिका–५ का २१ बर्षिय पारस कालिकोटे रहेका छन् ।

आईतवार राती साढे ९ बजे एटिएम मेसिन तोड फोड भईरहेको भन्ने सुचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ, प्रहरी चौकी बरगाछी र सिआरभि पोष्ट भट्टाचोकबाट तत्कालै प्रहरी टोली परिचालन भई तोड फोडमा संलग्न कालिकोटेलाई पक्राउ गरेको हो ।

पक्राउ परेका कालिकोटेको जिल्ला प्रहरी कार्यालय मोरङबाट आवश्यक अनुसन्धान भईरहेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.