अज्ञात समूहद्वारा महोत्तरीमा पाँच पसलमा आगजनी, लाखौँको क्षति

अज्ञात समूहद्वारा महोत्तरीमा पाँच पसलमा आगजनी, लाखौँको क्षति

१३ पुस, महोत्तरी ।
महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–३ भटौलिया बजारमा गएराति अज्ञात समूहले एकैसाथ पाँचवटा पसलमा आगजनी गर्दा लाखौँको क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार भटौलिया बजारमा स्थानीय रामएकवालको चिया पसल, राजकुमारी साहको खाजा पसल, योगेन्द्र साहको चिया पसल, शम्भु साहको खाजा पसल र मङ्गल साहको चिया पसलमा नचिनेको समूहले गएराति करिब ९ बजेको समयमा आगजनी गरेका छन्।

आगजनीबाट पाँचवटै पसलभित्र रहेका विभिन्न खाद्यान्न, कुर्सी, बेञ्च, टेबुल, फ्रिज, भाँडाकुँडा, ग्याँस सिलिण्डर, चुल्हो र घरसमेत जलेर पाँच लाख रुपैयाँभन्दा बढीको क्षति भएको पसलेहरूले बताएका छन्। पसलमा रातिको बेला कोही नभएको अवस्थामा आगजनी गरिएको थियो।

आगो नियन्त्रणमा लिन नसक्दा सबैथोक जलेर नष्ट भइ लाखौँको क्षति भएको प्रहरीले जनाएको छ।(रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.