संसद् बन्द गरेर सरकार न्यायालयको कुटाकुटमा मज्जा लिइरहेको छः गोकर्ण विष्ट

संसद् बन्द गरेर सरकार न्यायालयको कुटाकुटमा मज्जा लिइरहेको छः गोकर्ण विष्ट

१३ पुस, विराटनगर ।
एमालेका केन्द्रीय सचिव गोकर्ण विष्टले सरकारले संसद् बन्द गरेर न्यायालयको कुटाकुट हेरेर मज्जा लिइरहेको आरोप लगाएका छन्।

सभामुखले सम्मानित संसदलाई पार्टी कार्यालयजस्तो बनाएको भन्दै उनले यसैकारण जनताको आवाज बोल्ने संसद् महिनौँ अवरुद्ध भएको टिप्पणी गरे। गुल्मीको इस्मा गाउँ कमिटीको पार्टी कार्यालय उद्घाटन तथा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै विष्टले संसद् खुलाउने विषयमा सभामुखले एमालेसँग कुनै छलफल नै नगरी उल्टै एमालेविरुद्धको घेराबन्दीमा मलजल गरिरहेको आरोप लगाए।

सत्तामा रहेका दल गठबन्धनको सपना देखेर विकास र समृद्धिको पक्षमा भन्दा मन्त्रालय फुटाएर मन्त्री बन्ने र बनाउने होडमा रहेको उनले बताए।

माधव र प्रचण्डको आवेगका कारण २३ सिटमा सीमित काङ्ग्रेसले सरकारको नेतृत्व पाएको सन्दर्भ उल्लेख गर्दै विष्टले एमालेसँग छुट्टाछुट्टै लड्ने हिम्मत कुनै दलमा नरहेको टिप्पणी गरे।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.