नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच एकीकरण

नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच एकीकरण

१३ पुस, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी (जनवादी)बीच एकीकरण भएको छ ।

एमालेबाट अलग्गिएर माधव नेपालले बनाएको नेकपा (एस)सँग माओवादीबाट अलग्गिएर देवेन्द्रसिंह महता नेतृत्वको नेकपा (जनवादी)बीच मंगलबार एकीकरण भएको हो । तत्कालीन नेकपा माओवादीसँग असन्तुष्ट हुँदै महताले २०६२ सालमा नेकपा (जनवादी) गठन गरेका थिए ।

राष्ट्रिय सभा गृहमा आयोजित कार्यक्रममा दुवै दलका अध्यक्षले सम्बोधन गरिरहेका छन् । पार्टी एकीकरण घोषणा कार्यक्रममा दुवै दलका शीर्ष नेताहरुको उपस्थिती थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.