२२९ अधिकृत क्याडेट माग गर्दै सेनाले खुलायो जागिर

२२९ अधिकृत क्याडेट माग गर्दै सेनाले खुलायो जागिर

१८ पुस, विराटनगर ।
नेपाली सेनाले दुई सय २९ जना क्याडेट अधिकृत माग गर्दै आवेदन खुला गरेको छ।

छनौट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले आज सूचना निकालेर २२९ जना अधिकृत क्याडेट माग गरेको हो। खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको निर्देशनालयले जनाएको छ।

www.nepalarmy.mil.np वेबसाइटबाट  इच्छुकले दरखास्त दिन सक्नेछन्। खुलातर्फ १२६ जना माग भएको छ। महिलातर्फ २१, आदिवासी जनजातिमा ३३, मधेशीमा २९, दलिततर्फ १५ र पिछडिएको क्षेत्रतर्फ ५ जनाको माग भएको छ।

आजेदेखि माघ १७ गतेसम्म दरखास्त दिन सकिन्छ। १८ वर्ष पूरा भई २१ वर्ष ननाघेका व्यक्तिले दरखास्त दिन सक्नेछन्। तर स्नातक तह वा सो सरह शैक्षिक योग्यता भएका २४ वर्षसम्मकाले दरखास्त दिन सक्नेछन्।

पुरूषका लागि उचाइ ५ फिट ३ इन्च र महिलालाई ५ फिट हुनुपर्दछ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.