केएल राहुलको कप्तानीमा भारतीय टोली

केएल राहुलको कप्तानीमा भारतीय टोली

१८ पुस, एजेन्सी ।
दक्षिण अफ्रिकासँगको एकदिवसीय शृंखलाका लागि ओपनर केएल राहुलको कप्तानीमा शुक्रबार भारतीय क्रिकेट टोलीको घोषणा भएको छ।

हालै मात्र कप्तानमा नियुक्त भएका रोहित शर्मा चोटका कारण उपलब्ध हुन नसक्ने भएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले राहुलको कप्तानीमा टोली घोषणा गरेको गरेको हो। शृखंलामा भारतीय टोलीको उपकप्तानमा जसप्रीत बुमराह चयन भएका छन्।

बिसिसिआईले शुक्रबार रोहित चोटका कारण उपलब्ध नहुने सूचना निकाल्दै दक्षिण अफ्रिकाविरुद्धको खेलका लागि टोलीका घोषणा गरेको हो।

ट्वान्टी–२० को कप्तान र पछि मात्र एकदिवसीय संरचनाबाट जिम्मेवारी खोसिएका स्टार ब्याट्सम्यान विराट कोहली टोलीमा अटाउँदा रविचन्द्रन आश्विन र वासिङ्टन सुन्दरलाई पनि टोलीमा समावेश गरिएको छ।

टिममा हार्दिक पाड्या, हर्षल पटेल, सञ्जु सामसन, मनीष पाण्डे, राहुल चाहर र नवदीप सैनीलगायतले भने टिममा स्थान बनाउन सकेनन्।

अहिले दक्षिण अफ्रिका र भारत टेस्ट शृखंला खेलिरहेका छन्। दुई टेस्टपछि तीन खेलको एकदिवसीय शृंखला पनि हुनेछन्। एकदिवसीय शृखंला आगामी१९ देखि २३ जनवरीसम्म हुनेछ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.