गुराँस गाउँपालिका हुँदै कर्णाली राजमार्ग जोड्ने रातिखोलामा पक्की पुल नहुँदा यात्रुलाई सास्ती भएको छ । खोलामा बाढी आएपछि स्थातीयवासी घण्टौँ अलपत्र पर्ने गरेका छन् । स्थानीयले एक हजार रुपैयाँसम्म लिएर यात्रुलाई वारपार गराउँछन् । आजको कान्तिपुर दैनिकमा यो खबर छ ।
रातिखोलाको नजिकै बस्दै आएका रामेश्वर विकले आफ्ना लागि बर्षायाम रोजगारीको राम्रो माध्यम हुने बताए । दिनभरि खोला किनारमै बसेर यात्रुलाई वारिपारि तार्ने काम गर्छु उनले भने, “पानीको वहाव हेरे रकम लिने गरेको छु, जोखिमपुर्ण काम भएकाले एक हजार रुपैयाँसम्म लिने गरेको छु ।”