कांग्रेसले टुङ्ग्यायो राष्ट्रिय सभा चुनावका उम्मेदवारको नाम

कांग्रेसले टुङ्ग्यायो राष्ट्रिय सभा चुनावका उम्मेदवारको नाम

१९ पुस, काठमाडौं ।
राष्ट्रिय सभा सदस्य चुनावका लागि नेपाली कांग्रेसले ६ जना उम्मेदवारको टुङ्गो लगाएको छ ।

नेपाली कांग्रेसको आज सोमवार पार्टी कार्यालय सानेपामा बसेको कार्यसमिति बैठकले माघ १२ गते हुने राष्ट्रिय सभा चुनावका लागि ६ जनाको नाम टुङ्गो लगाएको हो ।

प्रदेश १ बाट गोपालकुमार बस्नेत, वाग्मतीबाट कृष्णप्रसाद पौडेल, गण्डकीबाट कमला पन्त, लुम्बिनीबाट युवराज शर्मा, कर्णालीबाट दुर्गाकुमारी गुरुङ र सुदूरपश्चिमबाट नारायण मिश्रलाई उम्मेदवारमा मनोनयन गर्ने कांग्रेसले जनाएको छ ।

यस्तै चुनावमा सत्ता गठबन्धनमा आबद्ध दलहरू सहमतिका साथ अघि बढ्ने र चुनावमा सहकार्य गर्ने पनि कांग्रेसले निर्णय गरेको छ ।

राष्ट्रिय सभाका १९ सिटका लागि हुने चुनावमा नेपाली कांग्रेसले ६, माओवादी र एकीकृत समाजवादीले पाँचरपाँच, जनता समाजवादी पार्टीले दुई र राष्ट्रिय जनमोर्चाले एक सिटमा उम्मेदवारी दिने गठबन्धनबीच सहमति भइसकेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.