युनिलिभरको म्याद नाघेको ७३ टन चियापत्ती नष्ट

युनिलिभरको म्याद नाघेको ७३ टन चियापत्ती नष्ट

२० पुस, मकवानपुर ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिका–३ स्थित बहुराष्ट्रिय कम्पनी युनिलिभरको म्याद नाघेको साढे ७३ टन चियापत्ती सोमबार नष्ट गरेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौँडाले सो म्याद नाघेको चियापत्ती हेटौँडा उपमहानगरपालिका–१० स्थित फोहर विसर्जन गर्ने ठाउँमा पुरेको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाको अगुवाइमा स्थानीइ प्रशासनले गत भदौ १५ गते हेटौँडा उपमहानगरपालिका–३ स्थित युनिलिभर नेपाल लिमिटेडको चिया प्रशोधन केन्द्रबाट उक्त चिया बरामद गरेको हो ।

उद्योग अनुगमनका क्रममा प्रशोधन केन्द्रबाट म्याद गुज्रिएका र लेबल स्पष्ट नभएको चियापत्ती फेला पारेको थियो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जिल्ला प्रशासन कार्यालय मकवानपुर, हेटौँडा उपमहानगरपालिका, उपभोक्ता हित संरक्षण मञ्च तथा सञ्चारकर्मीको रहोवरमा चिया नष्ट गरेको हो । नष्ट गरेको चियापत्ती झण्डै रु एक करोड ८० लाख बराबरको रहेको बताइएको छ ।(रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.