चार्ल्स शोभराजको मुद्दा ‘हेर्न नमिल्ने’ मा

चार्ल्स शोभराजको मुद्दा ‘हेर्न नमिल्ने’ मा

२१ पुस, काठमाडौं ।
सिरियल किलर चार्ल्स शोभराजको मुद्दामाथि बुधबार पनि सर्वोच्च अदालतमा सुनुवाइ हुन सकेन ।

सुनुवाइका लागि पेसी तोकिए पनि ‘हेर्न नमिल्ने’ ठहर भएको हो । न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइका लागि सो मुद्दाको पेसी तोकिएको थियो । शोभराजले पुस ७ गते उमेरको आधारमा कैद छुटको माग गर्दै रिट निवेदन दिएका थिए ।

उनी हाल कारागार कार्यालय जगन्नाथ देवलमा थुनामा रहेका छन् । यसअघि अनिलकुमार सिन्हाको एकल इजलासले सो रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।

७० वर्ष उमेर पुगेका कैदीबन्दीलाई असल चालचलन भएमा ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने कानुनी व्यवस्था छ । शोभराजले नेपालीमात्र नभई विदेशी नागरिकको हकमा पनि लागू हुनुपर्ने माग गरेका छन् ।

उनलाई शृङ्खलाबद्ध हत्यामा जन्मकैदको सजाय भएको छ । उमेरका कारण नेपालको प्रचलित कानुन अनुसार आफूले पनि कैद सजाय छुट पाउनुपर्ने उनको मागदाबी छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.