काँग्रेसको १६ जिल्लाको अधिवेशन सर्‍यो

काँग्रेसको १६ जिल्लाको अधिवेशन सर्‍यो

२१ पुस, काठमाडौं ।
नेपाली कांग्रेसमा नयाँ नेतृत्व चयनका लागि १६ जिल्ला हुन बाँकी रहेको अधिवेशन तथा निर्वाचन सरेको छ ।

यहि पुस २७ गते नयाँ कार्यसमिति चयनका लागि निर्वाचन तय गरिएका जिल्लामा अब माघ १५ गते निर्वाचन हुने गरी सारिएको नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

बुधबार बसेको समितिको बैठकले राष्ट्रियसभाको चुनावलाई मध्यनजर गरी पार्टीको जिल्ला अधिवेशन तथा निर्वाचन पछि सारिएको विज्ञप्तिमा उल्लेख छ ।

सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा नेपाली कांग्रेसको जिल्ला कार्यसमिति चयनका लागि निर्वाचन हुन बाँकी छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.