सुन तस्करी प्रकरणः गोरेका भाइ रमेश अदालतमा हाजिर

सुन तस्करी प्रकरणः गोरेका भाइ रमेश अदालतमा हाजिर

२१ पुस, विराटनगर ।
साढे ३३ किलो सुन तस्करी र मोरङका सनम शाक्य हत्याका मुख्य योजनाकार चुडामणि उप्रेती ‘गोरे’ का भाइ रमेश उप्रेतीलाई आइतबार अदालत हाजिर गराइएको छ ।

मंगलबार काठमाडौंको त्रिभुवन विमानस्थलबाट पक्राउ परेका रमेशलाई प्रहरीले बुधबार जिल्ला अदालत मोरङमा उपस्थित गराएको हो ।

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्याका आरोपी उनी युएईमा बस्दै आएका थिए । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले पनि उप्रेतीविरुद्ध नेट नोटिस जारी गरेको थियो । तर प्रहरीले उनलाई काठमाडौं ल्याउन सकेको थिएन ।

मंगलबार भने उनी आफैं काठमाडौं आएका बेला प्रहरीले पक्राउ गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.