संसदको अवरोध हटाउन प्रधानमन्त्रीले सहमति खोज्नु पर्ने रामचन्द्रको प्रस्ताव

संसदको अवरोध हटाउन प्रधानमन्त्रीले सहमति खोज्नु पर्ने रामचन्द्रको प्रस्ताव

२२ पुस, काठमाडौं ।

सत्तारुढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले संसदको अवरोध हटाउनका लागि राजनीतिक दलहरुका बीचमा सहमतिको बिन्दु खोज्नुपर्ने बताएका छन् ।

बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठक पछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ नेपाली कांग्रेसका नेता तथा उच्चस्तरीय राजनीतिक समन्वय समितिका संयोजक पौडेलले संसदको अवरोध हटाउका लागि सहमतिको बिन्दुको खोजी गर्नुपर्ने बताएका हुन् ।

उनले समितिको बैठकमा आफुले संसद र अदालतको अवरोध हटाउनका लागि सहमति र सम्झौताको विन्दु खोज्नुपर्ने कुरा राखेको पनि जानकारी दिए । उनले सबै गतिरोधहरुलाई हटाएर मुलुकलाई गति दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘नेपाललाई असफल राष्ट्र बनाउन पाइदैनँ भन्ने मेरो भनाई हो । सबै नेताहरुलाई मैले अनुरोध ग¥या छु । सहमती, सम्झौता बिन्दु खोजौँ । कुनै न कुनै सहमतीको विन्दु खोजौँ ।

तर यो अदालतको अवरोध, संसदको अवरोध, यो मुलुकमा एमसीसीको अवरोध जतिपनि अवरोधहरु छन् । सबै गतिरोधलाई हटाएर मुलुकलाई अब गति दिनुप¥यो भन्नेकुरा मैले गरें । मैले १५÷१६ बुँदे एउटा सुझावपनि प्रस्तुत ग¥या छु भोलि त्यसमा छलफल हुन्छ ।

उहाँले अलिअलि दुखेसो, गुनासोहरु गर्नुभएको छ । तिनका बाबजुद पनि त समाधान त चाहियो । निकास त चाहियो नि जसरी पनि भन्नेकुरा मेरो छ ।’
प्रधानमन्त्रीलाई जिम्मा

संयोजक पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवाले गतिरोध अन्त्य गरी समाधान निकाल्नका निम्ति अग्रसरता देखाउनुपर्नेमा जोड दिएको पनि बताए । आफुले सुझावहरु समेत पेश गरेको भन्दै उनले सो सुझावहरुको विषयमा पनि छलफल गरिने उल्लेख गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.